...

1 views

मेरो मन
मेरो मन निकै चञ्चल छ,
नदी जस्तै बगिरहन्छ,
अनन्त पथको यात्रामा,
न थाक्छ, न बिसाउँछ,
कतै शान्त छ,
कतै छालहरू मच्चिरहन्छ,
तर बगिरहन्छ,
अज्ञात किनारको खोजीमा,
जहाँ म पुग्न चाहन्छु।।

मेरो मन,
कहिले कतै हराउँछ
तर पनि म उ संगै हुन्छु।
घाम र छायाँको खेलमा
अल्झिएको मेरो मन,
कसैको प्रेम खोज्छ,
कसैको साथ खोज्छ,
र अन्त मा
उ आफै भित्र डुब्छ।।

© मितेश पोख्रेल