...

4 views

तिम्राे यादमा डुब्न थाले
अब फेरी तिम्राे यादहरुमा म डुब्न थाले
दिनहरु बिस्तारै बित्दै गए,
तिमी आउँने आशाहरु पनि
दिन दिनै कम हुन थाले,
तर तिम्राे यादहरु मा म
झन्-झनै डुब्न थाले ।

एउटा अंध्यारो कोठा भित्र
म आफैलाई कैद गरेर राख्न थाले ,
दुनियाको अगाडि पागल झै
तिमीलाई खोज्दै हिड्नु भन्दा ,
ती अन्धकार मा म
तिमीलाई महसुस गर्न थाले ।


अब फेरी तिम्राे यादहरु मा म डुब्न थाले
चिया भन्दा प्यारो अब मलाई
नसालु पदार्थहरु लाग्न थाले,
चुरोट बाट निस्केको धुवाहरु मा पनि
अब तिम्रै चित्रहरू देख्न थाले।

मेरो कानमा गुन्जिरहेको ती
संगितहरु मा पनि अब मैले
तिमीलाई नै पाउन थाले ,
मैले आफ्नो बेथाहरु अरूलाई सुनाउनु भन्दा
त्यसलाई एउटा कथा
कविताको रूप दिन उचित ठाने ।

अब फेरी तिम्राे यादहरु मा म डुब्न थाले
तिमीलाई त चन्द्रमा सँग पनि क तुलना गर्नु
तिमी त स्वर्गकी अप्सरा नै थियौ,
उडि जान्छु खुल्ला आकाशमा
चाँडै फर्की आउँछु भन्थीयौ
तिमी त आज भोलि मेरो कविताका
पंक्तिहरु मा पो झल्किन थालेउ ,
तिमी त मेरो कथा को पात्र पो बन्न पुग्यौ ।।



© Kritika Dahal