...

1 views

म खुशी छु
म खुशी छु,
कहिले काँही दुःखको बतासले छुन्छ मलाई,
तर पनि हाँस्दै अगाडि बढ्न खोज्छु,
कारण,
मेरो परिवारको साथ,
जसले मलाई हरेक चुनौतीमा सम्हाल्दछ।।

घरबाट टाढा बस्नु पर्दा,
कहिले काहिँ एक्लो महसुस हुन्छ,
तर म खुशी छु,
कारण,
मेरा साथीहरु,
जसले मेरो सपनाहरुलाई नयाँ रंग दिए।
हुन त मात्र २ साल हुँदैछ चिनेको,
तर, खोइ किन हो,
उनीहरूको साथ पाउँदा,
म आफूलाई सुरक्षित र सन्तुष्ट महसुस गर्दछु।

तर कहिले काँही,
जीवनले मबाट यी खुशीहरु पनि खोस्न खोज्छ,
र,
दुःखको कालो बादलले छेके जस्तो, महसुस गराउँछ।
र,
त्यतिबेला, म आफैलाई सोध्छु -
के यी खुशीहरु साच्चै मेरो हो?
अनि फेरि सोच्छु,
ती स-साना दुःखहरू नै त हुन,
जसले मलाई बलियो बनाइरहेछ, अनि,
हरेक परिस्थितिमा सम्हाल्न सिकाइरहेछन्।।
र म खुशी छु,
किनकि म बुज्छु - ,
मेरो विश्वास, मेरा स-साना सपनाहरु,
र मेरो परिवारको आशीर्वाद नै हो,
जसले, मेरो जीवनको यात्रामा खुशी खोज्न सिकाउदछ।।
- मितेश पोख्रेल
© All Rights Reserved