...

1 views

द्वन्द
छटपटाइरहेकी छु
मस्तिष्कमा धेरै कुराको तर्कवितर्क
चलिरहेका छन्।
आफ्नै चरित्रलाई नियालेर हेर्न पुगे,
देखें त केवल खोक्रो मन
र धमिलिएको आशाहरु।

सोच्दछु फेरि, प्रश्न सोध्छु आफैंलाई,
किन मलाई मात्र यस्तो हो?
जवाफ आउँछ,
भाग्यको खेल।

त्यस माथि थपिन्छ छ
फेरि एउटा आश,
सुनौलो बिहानीको,
घमाईलो भविष्यको
यसरी नै जीवन
बढी रहेछ अगाडि।

© suza