...

30 views

छोरीको विन्ती
छोरीको विन्ती

‎-कृतिका दाहाल

सुन्दर संसारको धरातलमा
ढकमक्क फुल्न चाहन्छु म
मलाई कोपिलामै किन काट्छौ ‎?
‏तिम्रो स्वार्थ सित मलाई किन ‎साट्छौ ‎?

‏मेरो ‏जन्म ‎मेरो कर ‎नभएर
‎तिमी ‎दुवैको ‎रहर ‎होइन ‎र ‎? ‎
‏त्यसैले ‎यो ‎दोष ‎ममा ‎किन ‎?
‏छोरीले ‎सोच्ने ‎अधिकार ‎छैन ‎नभन ‎।
‎ ‎
‎गुडियाको ‎विवाह ‎म ‎खेल्ने गर्छु ‎
‎साँच्चैको ‎विवाह ‎म ‎कहाँ ‎बुझनु ‎?
‏आफ्नै ‎घर ‎आँगनमा ‎रमाउँछु ‎
‎परायाको ‎घरमा ‎म ‎अहिले ‎किन ‎पुग्नु ‎?

‏ ‏अझै ‎त ‎मेरो ‎वाल्यकालनै ‎छ ‎
‎केही ‎समय ‎मलाई ‎बढ़न ‎देऊ ‎
‎मल‍ाई ‎‌गर्वसित ‎पढ़न ‎देउ ‎
‎मलाई ‎ममताझैं ‎राज्य ‎चलाउन ‎देऊ
‎मलाई ‎ईन्दिरा ‎भई ‎देश ‎हाँक्न ‎देऊ ‎
‎मलाई ‎कल्पना ‎बनी ‎उड़न ‎देऊ ‎
‎बाल्यकालमा ‎विहे ‎गरी ‎हे ‎माता ‎-पिता ‎
‎देशको ‎सपना ‎टुट्न ‎नदेऊ।
‎ ‎
‎ ‎तिम्रा ‎दुखहरूमा ‎म ‎रोवौंला
‎बिपदमा ‎छोराकै ‎भूमिका ‎निभाउला ‎
‎म ‎तिमीहरूको ‎बोझ ‎होइन ‎
‎बरू ‎संघर्षको ‎जोश ‎बनौला ‎
‎मलाई ‎बरू ‎लड़ने ‎सिपाही ‎बनाऊ ‎
‎पढ़ाएर ‎कुरीतिसित ‎लड़ने क्षमता दिलाऊ ।

अब त समय जटिल छैन
छोरीलाई पढ़ाउन कठिन छैन
ममताकी हात छन् हाम्रो साथमा
कन्याश्री प्रकल्प छन् छोरीको भागमा
पढ़ाएर छोरीलाई सक्षम बनाउन ।

त्यसैले आमा - बाबा मलाई पढ़न देऊ
जीवनमा केही बन्न देऊ
मलाई बिहे गर्ने हतार छैन
अन्धकारमा जिउने मेरो रहर छैन ।।

Related Stories