...

2 views

Happy Nepali new year 2079
आउदैछ युवाहरुको मास लिएर नयाँ बर्ष ।
हर्ष,खुशि,उमंगको रास लिएर नयाँ बर्ष ।

खान नपाई कोहि अव बाच्नु पर्ने छैन,
प्रत्येक ती झुपडिमा गाँश लिएर नयाँ बर्ष ।

सिंगापुर वन्नेछ नेपाल, ति दिनहरुमा,
पर्खाईमा बसेकाछौ आँश लिएर नयाँ बर्ष ।

धन दौलत बल,बुद्दि भरी पुर्ण हुनेभयो,
लक्ष्मी दुर्गा सरस्वतीले बास लिएर नयाँ बर्ष ।

हिमाल,पहाड,तराई सवैले भन्या जस्तो,
चित्त वुझ्ने संबिधान खास लिएर नयाँ बर्ष ।
© रुपेन चौहान