...

24 views

आभास
संसारमा सबै थोक क्षणिक छ
सुख,दुःख,पीडा
कष्ट,प्रेम,आनन्द
सबै थोक क्षणिक ।
तर पनि यो क्षणिक मोह प्राप्तिका निम्ति
तिमी र म कतिपय
घातक काडा बन्न पुगेका छौं।
दिएका छौं चोट
दुखाएका छौं हृदय
टुटाएका छौं सम्बन्ध
अन्तमा..........
आफू एक्लै बन्न पुगेका पनि छौं।
क्षणिक मोह प्राप्तिको लक्ष्यले
तिमी र म अन्धो झै बनेका थियौं
थिएन महत्व....
आफन्तको
मित्रगणको
छिमेकीको
पारिवारिक समयको
कसैको ....न......कसैको
थियौं व्यस्त आफ्नै परिवेशमा
आफनै संसारमा
क्षणिक मोह प्राप्तिमा
बल्दो ज्वाला झै जब आयो
महामारीको संकट
खोलिदियो अन्तर्नयन तिम्रो र मेरो
बुझाइ दियो पारिवारिक महत्त्व
स्मरण गराइ दियो आफू
काडादार बन्न पुगेका ती समयहरू
तिमी र मलाई बुझाइ दियो
जीवनका साचो परिभाषाहरू
सबै थोक क्षणिक छ
अन्तमा......।



~Pushpa Panchakoti~