...

1 views

फेरि आयो दशैं
फेरि आयो दशैं,
खुसियालीको कोसेली लिएर,
दुःखको बदल हटाउन,
मनको अशान्ति मेटाउन,
फेरि आयो दशैं।
त्यो निराशाले भरेको मुहारमा,
आशाको नयाँ किरण लिएर,
हरेकको मुहारमा मुस्कान जगाउन।
फेरि आयो दशैं।
ती घरबाट टाढा रहेका आफन्त जनलाई,
साथ लिएर आयो,
सबै आफन्तजनलाई एकैसाथ समेट्न,
सुख दुःखको कुरा बाट्ने,
सबैसँग हाँसखेल गर्ने,
सबै सँग रमझम गर्ने,
एउटा सुनौलो पल लिएर,
फेरि आयो दशैं।
सन्नाटाले भरेको,
दुःखले घेरेको,
संसारमा,
खुसियालीको संदेश लिएर,
फेरि आयो दशैं।
दुर्गा माताको आशीर्वादले
फेरि संसारमा सुख र शान्ति छाउने छ,
दुःखले निराश भएको,
गरीब-दुखीको घरमा पनि,
रमझम र खुसियालीको कोसेली आउने छ।
यो दशैंमा पनि, सबैको घर
त्यो सयपत्री र मखमली फूल जस्तै,
खुसीयाली र रमझमले खिल्ने छ।

© मितेश पोख्रेल