...

21 views

म तिमीमा होइन
म तिमीमा होइन,आफैमा हराएर
जिउन चाहन्छु
जीवनका सानातिना
क्षणहरू बटुलेर त्यसमा
खुशीको श्वास भर्न चाहन्छु ।
कालो रंगलाई सुनौलो रंगमा
परिवर्तन गरिआनन्दको मुस्कान
छर्न चाहन्छु ।
जीवनका हरेक पानामा
कथा रचना गरि
नौलो इतिहासको सिर्जना गर्न चाहन्छु ।
हरेक परिस्थिति र समस्यालाई झेलि
एउटा छुट्टै मार्गको स्थापना गर्नेछु ।
खुल्ला आकाशमा स्वतन्त्र
पंक्षि झै पंख फिजाई
उडान भर्दै नयाँ गीत लेख्न चाहन्छु ।
म तिमीमन होइन ,आफैमा हराएर जिउन चाहन्छु ।


-Pushpa panchakoti-